पातुखोलामा ३१ लाखमा ट्रस्ट ब्रिज पुल बन्ने

तुलसीपुर, २२ फागुन
तुलसीपुरको बजार नजिकै पुल बन्ने भएको छ । पातुखोलाको पुल देखि करिब ३ सय मिटर माथि तुलसीपुर उपमहानगरपालिका –९ र ३ नम्बर वडालाई जोड्ने गरी पुल निर्माण गर्न लागिएको स्थानीयले बताएका छन् । मंगलबार देखि निर्माण कार्य सुरु गरिएको पुलको शिलन्यास गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले गुणस्तरीयता कायम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । ‘पुलको गुणस्तरीयतामा कुनै कमि दिनुहुदैन, मेयर पाण्डेले भने छिटोछरीतो रुपमा काम समयमै सम्पन्न गर्नु होला ।’ ३२ मिटर लम्बाई , एक मिटर ३० सेन्टीमिटर चौडाई रहेको ट्रस्ट ब्रिज पुल निर्माणका लागि ३१ लाख ४६ हजार २ सय २४ रुपैया विनियोजन गरिएको छ । पुल निर्माणका लागि क्षेत्र विकास कार्यक्रमबाट २४ लाख ३४ हजार ५ सय २६, तुलसीपुर उपमहानगरापलिकाबाट ६ लाख ५८ हजार ७ सय ७३ र ५२ हजार ९ सय २४ रुपैयाँको जनश्रमदान गरिने छ ।


पुलको निर्माण भएमा अंचल अस्पताल, विद्यालय र बजार आवतजावत गर्ने एक हजार बढि सर्वसाधारन नागरिक प्रत्यक्ष लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमराज गिरीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा सेवा नेपालका पदम भण्डारी, दुर्गाप्रसाद शर्मा, कमला गौतमले आ–आफना धाराना राखेका थिए ।

 

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया