२०८३ असोज ७ गते बुधवार

राप्ती बबईमा परीक्षा गर्न आएकालाई एक्कासी घोराही लगियो !

राज्यको गैर जिम्मेवारी कार्य हो : क्याम्पस प्रमुख

तुलसीपुर, २ साउन । दाङको तुलसीपुर स्थित राप्ती बबई क्याम्पसमा परीक्षा गर्न आएका विद्यार्थीलाई एक्कासी घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको छ । परीक्षा सुरु हुनु एक घण्टा अघि बिए दोस्रो बर्षको प्रश्नपत्र नभेटिएपछि सोधीखोजी गर्दै जाँदा घोराही परीक्षा केन्द्र भएको जानकारी प्राप्त भएपछि विद्यार्थीलाई घोराही लगिएको हो । ‘बिहान ६ बजे प्रश्नपत्र ल्याउन म ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गए । खोज्दै जाँदा त्यहाँ भेटिएन । नभेटिएपछि म क्याम्पसमा पुगेर क्याम्पस प्रमुखलाई जानकारी गराए । क्याम्पस प्रमुखले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेर घोराही महेन्द्र बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र छ भने पछि विद्यार्थीहरुलाई गाडीको व्यवस्था गरेर घोराही पठायौं ।’ परीक्षामा खटिनु भएका कर्मचारी दामोदर सापकोटोले भन्नुभयो । परीक्षा बिहान ७ बजेदेखि तोकिएपछि ३१ जना विद्यार्थी क्याम्पसमा पुगेका थिए । राप्ती बबई क्याम्पसबाट घोराही महेन्द्र बहुमुखी क्याम्पसको दुरी करिब साढे २६ किलोमिटर टाढा छ । सवा आठ बजे परीक्षा केन्द्रमा पुगेका विद्यार्थीलाई  परीक्षा सुरु भएछि समयको गणना गरिने छ । यता क्याम्पस प्रमुख युवराज रावतले परीक्षा नियन्त्रण कार्यालयको गैर जिम्मेवारीका कारण समस्या भएको बताउनुभयो । केन्द्रमा बसेर देशभरको परीक्षा हाँक्न खोज्दा यस्तो समस्या धेरै जिल्लामा देखा परेको बताउनुभयो ।

हामी हाम्रो क्याम्पसमा परीक्षा केन्द्र हुन्छ भनेर तयारी अवस्थामा बस्यौ । हुँदैन भन्ने जानकारी पनिकाले पनि हामीलाई गराएन । अन्तिम आवरमा आएर यस्तो समस्या भयो । यो राज्य समयन्त्रको त्रुटी हो । यो कस्तो खालको गैरजिम्मेवारी काम हो । त्यही क्याम्पसमा एउटा कोठामा परीक्षा चलिरहेको छ । अर्को कोठामा परीक्षा गराउँदा के हुन्छ ?’ क्याम्पस प्रमुख रावतले भन्नुभयो । विषयगत परीक्षाको प्रश्न पत्र बुझ्न गएका साहयक क्याम्पस प्रमुख टेकन कंडेल र नरेश बस्नेतले पनि आफुले कुन कुन विषयको प्रश्नपत्र बझे भनेर ख्याल नगर्दा पनि केहि समस्या भएको क्याम्पसको भनाई छ । स्नातक तह दोसो बर्षको मानविकी शिक्षा र व्यवस्थापन संकायको परीक्षा संचालन भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।