तुलसीपुर, २ बैशाख । सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्र तुलसीपुर ३ ले वडा अध्यक्ष पदका लागी सम्भावित चार जनाको नाम सिफारिस गरेको छ । आउदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी तुलसीपुर ३ मा सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको छ । वडा कमिटिले वडा अध्यक्षमा चेतमान सेजुवाल,कलिभान रोका,शुरबिर ओली,प्रेमप्रकाश मल्लको नाम सिफारिस गरेको छ । सहमतीको प्रयास भएपनि सम्भव नभएपछि सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको हो । सेजुवालले पाटी संगठन लगाएत विभिन्न सामाजिक संघसंस्थामा काम गर्नुभएको छ । उहाले तत्कालिन नेकपा तुलसीपुर ३ को वडा कमिटिको सचिव रहेर काम गर्नुभएको छ ।
उहा साविक तुलसीपुर नगरपालिका १ को तत्कालिन वडा नागरिक मन्चका संयोजकको रुपमा काम गर्नुभएको छ भने युवा क्लब हुदै अहिले विभिन्न क्षेत्रमा आबद्ध हुनुहुन्छ । यस्तैगरी वडाको खुल्ला सदस्यमा पनि सहमती जुटेन । सहमती नजुटेपछि वडा कमिटिले खुला सदस्यहरुमा टेकराज के.सि,लिलामणि बाँठा,पमलाल भट्टराई,नबिन बि.क,बिर बहादुर दमाई,मिलन घर्ती,बम बहादुर मल्ल र बिष्णु शर्माको नाम सिफारिस गरेको छ ।
महिला सदस्यमा पनि दुई जनाको नाम सिफारिस गरिएको छ । शारदा मल्ल र शर्मिला शर्मा रहेका छन् भने दलित महिला सदस्यमा डन्डी बि.कको नाम सिफारिस गरिएको छ । वडा कमिटिले वडा अध्यक्ष सहित पाँच जनाको नाम सिफारिस गर्नुपर्नेमा दलित महिला सदस्य बाहेक अन्यमा सहमती नजुटेपछि १४ जनाको नाम सिफारिस गरेको छ ।





