२०८३ भाद्र २३ गते मङ्गलवार

चर्को शुल्कको विरोधमा पद्मोदयका विद्यार्थिहरु

तुलसीपुर,११ साउन । पद्मोदय पब्लिक नमुना माबि घोराहीमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरु आन्दोलित भएका छन् । बिज्ञान संकायका बिद्यार्थीहरुले प्रयोगात्मक शिक्षाको लागि तोके भन्दा बढि शुल्क लिएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलन स्वरुप आज बिद्यालयमा तालाबन्दी गर्ने समेत बताएका छन् । प्रयोगात्मक शिक्षाका लागि ६ हजार ५ सय भनिए पनि अहिले सम्म ९ हजार रुपैया लगिसकेको भन्दै आफुहरुले उक्त शुल्क खारेजीको माग गरेको बिद्यार्थीहरुले बताएका छन् । यदि माग पुरा नभए आन्दोलनका कार्यक्रममा थप सशक्त बनाउने समेत बिद्यार्थीहरु आकाश न्यौपानेले बताए । साथै बिद्यालयले मासिक शुल्क पनि चर्को लिने गरेको बिद्यार्थीहरुको गुनासो छ । अहिले बिद्यालयले १ हजार तीन सय देखी १ हजार ६ सय सम्म लिने गरेको भन्दै शुल्क समायोजन गर्न पनि माग गरेका छन् ।
प्रकाशित मिति : २०७४ साउन ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।