तुलसीपुर, १ मंसीर । संखुवासभामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल प्रहरी बिच दोहोरो भिडन्त भएको खबर प्राप्त भएको छ । पार्टीका जिल्ला इन्चार्ज युवराज राईको खोजीमा उनको घर तर्फ गइरहेको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरीङ गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिए ।
विप्लवका कार्यकर्ताले १५ र प्रहरीले ८ पटक फायरीङ गरेपनि कोही पनि दुबै तर्फ हताहती नभएको प्रमुख जिल्ला अधिकारी अचार्यले तुलसीपुर खबरलाई जानकारी दिए । घटना बिहान १० बजे भएको थियो ।
अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । विप्लवका कार्यकर्ताहरु फायरीङ लगत्तै जंगल तिर भागेकाले उनिहरुको खोजीका लागि दुईवटा सर्च अप्रेशन टोली घटना स्थल तर्फ लागेको आचार्यले जानकारी दिए । प्रहरीले चारै तिर घेराहालेको छ ।


















