काठमाडौ, २९ कात्तिक । सूर्यबहादुर के.सी.को निधनपछि रिक्त प्रतिनिधि सभा सदस्य पदमा नेपाली काँग्रेसले मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको बन्दसूचीको क्रम सङ्ख्या १२ मा खसआर्य समूहतर्फ नाम रहेका पाण्डेलाई सांसद बनाउने निर्णय गरेको हो ।
बैठकले ग्लोबल टाइम्स मार्फत चीनले काँग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सांसद जीवनबहादुर शाहीले सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गरेको प्रतिबेदनमा चीनले हुम्लामा सीमाना मिचेको उल्लेख थियो, यसमा चीनले प्रतिक्रिया दिएको हो । बैठकले सुनिल थापालाई पार्टीको सहमहामन्त्री बनाउने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार


















