२०८३ बैशाख १२ गते शनिवार

दाङ र कर्णालीलाई सडक संजालले जोड्नुपर्छ : मुख्यमन्त्री शाही

तुलसीपुर, २६ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले रोड कनेक्टीभिटीलाई उच्च प्रथामिकता दिनुपर्ने बताएका छन् । तुलसीपुरदेखि कालीमाटी हुँदै सुर्खेत जोड्ने सडकलाई विस्तार गर्नुपर्ने बताउदै मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पादन भएका कृषीउपज दाङ र दाङमा उत्पादन भएका कर्णालीमा पु¥याएर आर्थिक समृद्धिको ढोका खोल्न सकिने बताए ।

तुलसीपुर उपमहानगरपालिकामा भएको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीे प्रदेशको बजार दाङ भएकाले दुई प्रदेशलाई सडक संजालले जोड्न अत्यावश्यक रहेको बताए ।  त्यसैगरी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक मेरुदण्डको रुपमा रहेको राप्ती राजमार्गको सडक स्तर उन्नतिका लागि आफूहरु लागि परेको बताएका छन् ।

छलफलमा राष्ट्रिय सभा दस्य कोमल वलीले सल्यानको ढोकाको रुपमा रहेको तुलसीपुरको टरिगाउँ एयरपोर्टमा ४२ सिटे जहाजको नियमित उडानका लागि समन्वय गरिदिन आग्रह गगरिन । त्यसैगरी तुलसीपुर उपमहागनरपालिका–३ का वडाध्यक्ष बिजय विकले तुलसीपुर–सल्यान सडकको बैकल्पिक व्यवस्था नभएकाले त्यसका लागि दोघरे नाउला प्रतापकोट–लुहाम सडकलाई विस्तार गर्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया