२०८३ बैशाख १२ गते शनिवार

प्रदेशको नाम र राजधानी प्रस्ताब प्रति देउखुरी र बर्दिया काँग्रेसद्धारा स्वागत

दाङ, १८ असोज । प्रदेश नं. ५ को नाम लुम्बीनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव गरिएको प्रति नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ ले स्वागत एवम्ं समर्थन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापती भेषराज पाण्डेले प्रेस बिज्ञप्ती जारी गर्दै कुशलता पुर्वक राजधानीको नाम र ठाउँ प्रस्ताव गरिएकोमा स्वागत एवंम् सम्मान व्यक्त गरेका छन् ।

आफ्नो क्षेत्र र भेग तर्फ राजधानी हुनुपर्छ भनेर माग गर्नु सामान्य मानिएपनि प्रदेश नं. ५ को राजधानी दाङ भौगोलिक हिसावले प्रस्तावीत ठाउँलाई कुशलता पूर्वक यकिन गरी निर्णयार्थ संसदमा दर्ता गरिएको कार्यलाई उच्च सम्मान गर्दै साँसदहरुले सर्वसम्मत संसदबाट अनुमोदन गराउने विश्वास व्यक्त गरेका छौ जारी विज्ञप्तीमा भनिएको छ ।

यसैगरी प्रदेश ५ को पश्चिमी जिल्ला बर्दियाका सभापति संजयकुमार गौतमले प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारको नाम र स्थान प्रस्ताव गरेको प्रति आफुले सकारात्मक रुपमा लिएको उल्लेख गरेका छन् । बर्दियाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने पूर्वमन्त्री समेत रहेका गौतमले प्रदेश नं. ५ को प्रस्तावीत नाम र दाङ स्थायी राजधानी भौगोलिक हिसावले प्रदेशका सबै जिल्लाको सुलभ पहुँच हुने उल्लेख गरेका छन् । जारी विज्ञप्तीमा उक्त प्रस्तावलाई बर्दिया काँग्रेसले सकारात्मक रुपमा लिएको उल्लेख गरिएको छ ।प्रस्तावीत नाम र स्थानलाई प्रदेशसभाबाट पारीत गरी कार्यान्वयनमा लैजान माग समेत गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया