२०८३ भाद्र १३ गते शनिवार

प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु

काठमाडौ, १४ असोज । वितेको ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र अहिले पनि पहिरोमा हराइरहेका कतिपयको शव फेला पर्न नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको अवधिमा १सय४ जना बेपत्ता र ४ सय २९ जना घाइते समेत भएका छन् । गत जेठ ३० गतेयता मात्रै पहिरोबाट २ सय ८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।