२०८३ भाद्र १३ गते शनिवार

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

दाङ, ११ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा(१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।