दाङ, ३० भदौ । जिल्लाको राजपुर गाउँपालिकामा नेपाली काँग्रेसका पूर्व क्षेत्रिय सचिव सहित सयौं संख्यामा नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट (नेकपा) मा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका पूर्व क्षेत्रिय सचिव भोगेन्द्रसिंह राजपुतको नेतृत्वमा तीन सय ३८ जना नेकपा प्रवेश गरेका नेपाल कम्युनिष्ट पार्टीले दाबी गरेको छ ।
नयाँ प्रवेशीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज जिवन गौतमले फुल माला र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सचिव भोगेन्द्रसिंह राजपुतले नेपाली काँग्रेसले जनताको आवश्यकता पुरा गर्न नसकेको पार्टी कार्यकर्ताको संरक्षण गर्न नसकेकाले नेकपामा प्रवेश गरेको बताए ।
उनले भने, –। ‘म जस्तो नेपाली काँग्रेसको पूरानो पार्टी कार्यकर्तालाई कांग्रेसले उचित व्यवस्थापन गर्न सकेन, त्यसको मुल्य कांग्रेले चुकाउनु पर्छ, राजपुरमा मेरो पार्टी प्रवेश त्यसको उदाहरण मात्रै हो ।’ यस्तै नेपाली कांग्रेसको तर्फबाट राजपुर गाउँपालिका इकाई सदस्य धनवहादुर ओलीले पनी नेपाली कांग्रेसले जनताको आवश्यकता पूरा नगर्ने देखेरै नेकपामा प्रवेश गरेको बताए । यस्तै वडा नम्बर ७ का वडा इकाई कोषाध्यक्ष ठागुराम चौधरी, वडा इकाई सदस्य राजुराम चौधरी, वडाका यूवा नेता गौतम भण्डारी लगायत तीन ३८ जना नेपाली काँग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्य प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले नयाँ प्रवेसीको लहरबाट नेकपा प्रतिको आस्था र विश्वास झल्कने भन्दै, नेकपाबाट नै देशको विकास सम्भव भएको बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य निर्मल आचार्य, प्रदेश साँसद दामा शर्मा, इन्द्रजित थारु, नेकपा लमही नगर कमिटिका अध्यक्ष कुलबहादुर केसी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण भिम ओलीले गरेका थिए भने स्वागत घनश्याम चौधरीले गरेका थिए ।


















