तुलसीपुर, २८ भदौ । प्रदेश सांसद बिमला ओलीले पश्चिम दाङको समग्र विकासका आफु लागि परेको बताएकी छन् । कोरोना महामारीका कारण सोचे अनुसार काम गर्न नपाएको बताउदै जनजीवन सहज भएपछि जनतासंग भेटघाट र विकासका कामलाई तिब्रता दिने बताईन ।
‘मेरो सपना पश्चिम दाङको समृद्धि, प्रत्यक गाउँ र टोलमा पक्की सडक, एक घर एकधारा, शिक्षा, स्वास्थ्य, संचारको विकास कसरी गर्न सकिन्छ भन्ने हो ,’ सांसद ओलीले भनिन्–‘ मेरो कार्यकालमा यी सबै काम गर्न सके भने आत्मसुन्तुष्टि हुनेछ ।’
सिंगो नेता, कार्यकर्ता र पश्चिमका जनताको ठूलो त्याग तपस्या र बलिदानका कारण आज म यो स्थानमा आएको बताउदै जनताको अपेक्षा पुरा गर्न सधै लागि रहने बताईन ।
प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार


















