२०८३ बैशाख १२ गते शनिवार

काग्रेस दाङले १० हजार मास्क वितरण गर्ने

तुलसीपुर, २४ भदौ । नेपाली काग्रेस दाङले १० हजार मास्क वितरण गर्ने भएको छ । विपि कोईरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा १० हजार मास्क वितरण गर्ने कार्यक्तम रहेको जिल्ला सचिव शंकर डाँगीले बताएका छन् ।

त्यस्तैगरी कोईराला युवा नेतृत्व विकास मन्चले भदौ २५ गते घोराही स्थित विपि कोईरालाको शालिकमा माल्यार्पण गर्ने र जिल्लाका प्रमुख बजारमा मास्क वितरण गदै विपि प्रति सम्मान प्रकट गर्ने कार्यक्रम तय भएको मन्चका अध्यक्ष सरोज शाहले जानकारी दिएका छन् । आजको गोरक्ष दैनिकमा समाचार प्रकाशित भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया