दाङ १३ भदौ । नेपाल कम्युनिष्ट (ने.क.पा.)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले घोराही उप–महानगरपालिका वडा नम्बर ५ दाङकै प्रसिद्ध पाण्डवेश्वर महादेव धारपानी मन्दिर र देउखुरीकै प्रसिद्ध लमही नगरपालिका वडा नम्बर ८ टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र (जलेश्वर महादेव) गुफा जोड्ने बाटोको स्थलगत अनुगमन गरेका छन् ।
धारपानी मन्दिर र टेङ्नैया निम्बुखुटी जोड्न नयाँ ट्र¥याक संचालन गर्नको लागि सदस्य मेटमणी चौधरीले घोराहीको सुनकोट, बसेरी गाउँ हुदै लमही नगरपालिका वडा नम्बर ८ टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र (जलेश्वर महादेव) गुफा हुदै करिब १८ किलोमिटर पैदल यात्रा हिड्दै स्थलगत निरिक्षण तथा अनुगमन गरेका हुन् । धारपानीबाट सिधै लमही नगरपालिका वडा नम्बर ८ सतबरिया महेन्द्र राजमार्गमा बाटो निस्किने भएको सांसद मेटमणी चौधरीले बताए ।
धारपानी मन्दिर र टेङ्नैया गुफासंग जोड्न नयाँ ट्र¥याक खोल्नको लागि आर्थिक वर्ष ०७७/०७८ मा दुई करोड ५० लाख बजेट विनियोजन गर्ने सदस्य मेटमणी चौधरीले जानकारी दिए ।
यता टेङ्नैया बाबा धार्मिक विकास व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर खड्काले सांसद चौधरीलाई स्वागत तथा सम्मान गर्दै, निम्बुखुटी र धारपानी जोड्ने बाटोले समग्र गाउँमा विकासमा टेवा पुग्नुकासाथै टेङ्नैयाको प्रचारप्रसारमा अहम भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
यो बाटो निर्माण गरियो भने दाङ देउखुरी आवतजावतमा निकै छोटो हुनेछ भने ट्राफिकको समस्यामा पनि कमि हुनेछ नेपालगंज निस्किने अहिलेको भन्दा धेरै छिटो हुनेछ । यो बाटोको अनुगमनका कारण सतबरिया बासी जन्ता अत्यन्तै खुशी छन् ।
सांसद मेटमणी चौधरीको सचिबालयले सदस्य सुरामणी बेल्वासे, मिना गुरुङ्, जिल्ला सचिवालय सदस्य विबेक श्रेष्ठ, बसन्तराज शर्मा(विक्रान्त)विबेक बुढाथोकी, घोराही ५ का निर्वाचित अध्यक्ष विष्णुमणी दाहाल, धारपानी मन्दिरका सचिव विष्णुराम आचार्य, जिल्ला वन कार्यालयका प्राविधिक किर्तीबहादुर जिसी, मधु खतिवडा लगायतको सहभागितामा बाटोको अनुगमन गरिएको थियो ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।