२०८३ भाद्र १३ गते शनिवार

डोटीमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु

दाङ, २८ साउन । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले दिएको जानकारी अनुसार कैलालीबाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्बरको बस सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको छ । घटनामा अहिले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । वर्षाका कारण सडक चिप्लो भएकाले बस पल्टिएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।