तुलसीपुर, ६ साउन ।
नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुस्पलाल श्रेष्ठ र किसान आन्दोलनका सहिद गुम्राह थारुको स्मृतिमा माल्र्यापण कार्यक्रम सम्पन्न भएको छ । नेपाल क्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर उपमहानगर कमिटिको आयोजनामा मंगलवार तुलसीपुरमा कार्यक्रम सम्पन्न भएको हो ।नगर कमिटिका अध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा प्रदेश ५ का कमिटिका सचिव तथा राष्टिय सभा सदस्य जग प्रसाद शर्मा अपारले कम्युनिष्ट नेता पुष्पलालले देखाएको बाटो र सपनालाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कम्युनिष्ट आन्दोलनमा पुस्पलाल र गुम्राह थारुको महत्वपुर्ण योगदान रहेको बताउदै उनले प्रशसा गदै स्वर्गिय नेताहरु प्रति श्रद्धान्जली व्यक्त गरेका थिए । साथै उनले अर्को प्रसङगमा बोल्दै कम्युनिष्ट पाटी एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । अहिले पछिल्नो समयमा पाटीको नेतृत्व तहमा केहि विवाद भएपनि समाधान हुने र पार्टी नटुट्ने दावी गरेका छन् । उनले पाटीको विषयमा बाहिर हल्ला चले पनि त्यो बास्तविक नभई पाटी एक ढिक्का भएर अघि बढ्ने दावी गरेका छन् । पाटी भित्र बैचारिक बहस र छलफल हुने बताउदै उनले आन्तरिक विवाद सुल्झाएर समस्या समाधान गर्ने बताएका छन् ।


















