२०८३ बैशाख १२ गते शनिवार

नेकपाको स्थायी कमिटिको बैठक आईतवार सम्म स्थगित

काठमाडौ, २ साउन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति खोज्नका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको बताएका छन् ।
सहमति खोज्नका लागि बैठक स्थगित भएको छ । शुक्रवार पनि दुई अध्यक्षबीच भएको छलफलमा सहमतिबाटै बैठक स्थगित गरिएको हो ।
पुर्व निर्धारित समय शुक्रबार विहान ११ बजेको बैठक दिउँसो ३ बजेलाई सारिएको थियो । तर प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड आ–आफ्ना अडानमा रहेकाले स्थायी कमिटिको बैठक साउन ४ गते आईतवारसम्मका लागि बैठक स्थगित भएको भएको महासचिव पौडेलले बताएका छन् ।

 

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया