काठमाडौ, २० असार ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक आज (शनिवार) बस्दैछ । पार्टी नेतृत्वमा मतभेद हुन थालेपछि विवाद समाधान गर्न पार्टीका शिर्ष नेताहरु पनि छलफलमा जुटेका छन् । पाटीका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डवीच बालुवाटारमा शुक्रवार लामो समय छलफल भएको छ । नेकपाको स्थायी कमिटी बैठक शनिवार बिहान ११ बजे बस्दैछ । त्यसअघि पाटीका दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो केही दिनयता नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
प्रकाशित मिति : २०७७ असार २० गते शनिवार


















