२०८३ बैशाख १२ गते शनिवार

सरकारले गम्भीर अपराध गर्‍यो : भट्टराई

तुलसीपुरखबर, ८  बैशाख

पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले सरकारले पार्टी फुटाउने उद्धेश्यले अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध गम्भीर अपराध गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराईले कोरोना बिरुद्ध लड्नुपर्ने वेला सरकारले अध्यादेश ल्याएर सरकार सुध्रनै नसक्नेगरी रसातलमा भासिएको दावी गरेका छन् ।

उनले भनेका छन् , ‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भएपनि यो लोकतन्त्रविरुद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया