तुलसीपुर, १७ पुष
तुलसीपुर उपमहानगरपालिका– १६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई वटा वडा कमिटी गठन भएको छ । सचिवको विषयलाई लिएर विवाद उत्पन्न भएपछि एउटै वडामा दुई वटा कमिटी गठन भएका हुन् । लोकबहादुर वलीको अध्यक्षतामा १९ सदस्य नेपाल कम्युनिष्ट पार्टी नेकपाको वडा कमिटी गठन भएको छ भने सचिवमा विष्णुबहादुर वली रेहका छन् । त्यसैगरी चन्द्रबहादुर बस्नेतको अध्यक्षतमा पनि वडा कमिटी गठन भएको छ । जसको सचिवमा लहर आचार्य चयन भएका छन् ।
यो वडामा पूर्व माओवादीलाई अध्यक्ष र पूर्व एमालेलाई सचिवको भाग परेको थियो । अध्यक्षमा सहमति भएपनि सचिवमा विवाद कायम रहदै आएको थियो । अध्यक्षमा पूर्व माओवादीबाट चन्द्रबहादुर बस्नेतको नाम र पूर्व एमालेबाट लहर आचार्यको नाम अघि सारिएको थियो । पूर्व एमालकै कार्यकर्ताले निर्वाचनमा लहरले असहयोग गरेको भन्दै अन्य कुनै व्यक्तिको नाम राख्न आग्रह गरेका थिए । जसका कारण दुई महिना अघि गठन भएको वडा कमिटीले पुर्णता पाउन सकेको थिएन ।
यसैविच नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य हुकुम बस्नेतले चन्द्रबहादुर बस्नेत नेत्वको वडा कमिटीलाई बैधानिक भनेका छन भने पार्टीक अर्का जिल्ला सदस्य अमर खड्काले लोकबहादुर वली नेतृत्वको वडा कमिटीलार्य बैधानिक भएको दाबी गरेका छन् । जुङाको लडाईका कारण वडामा यस्तो समसय देखिएको कार्यकर्ताले गुनासो गरेका छन् । १९ वटा वडा मध्य अन्य १८ वटा वडाम भने करिब ६ महिना अघि नै वडा कमिटी गठन भइसेको छ ।


















