शरद रेग्मी
हापुरे, २८ तुलसीपुर / चुनावी सभा र घरदैलो कार्यक्रमलाई तिब्र पारेको नेपाली काङ्ग्रेसले पञ्चकुले र हसपुरमा चुनावी सभा गरेको छ । दुबै कार्यक्रममा बोल्ने काङ्ग्रेसका नेताहरुले काङ्ग्रेसका पुराना, त्यागी नेता केशब आचार्यलाई उम्मेदवार बनाएकोमा गाउँ गाउमा खुसियाली छायको बताए ।
बक्ताहरुले पश्चिम दाङको राजनीतिमा केशब आचार्यलाई अन्य उम्मेदवारसंग तुलना गर्न नहुने बताएका छन । उनिहरुले पश्चिम दाङमा भएका ठुला बिकास निर्माणहरु सडक ,सिचाइ ,बिधुत तथा पुल पुलेसाहरु काङ्ग्रेसकै पालामा सुरु भएको बताए । कार्यक्रम प्रदेश सभा सदस्यका उम्मेदवार केशब आचार्यले आफु तीन दशकदेखि जनताकै माझमा रहेर काम गरिराखेको भन्दै सबैलाई सहयोग गर्न अपिल गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य एव पुर्व मन्त्री दिपक गिरी, कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी,पुर्व सभापति बिरकेश्वरी गौतम, संविधान सभा सदस्हरु बुद्दिराम भण्डारी ,राजु खनाल, राष्ट्रिय सभा सदस्य एव महिला नेत्रि अनिता देबकोटा, युवा नेता सुरेश हमाल,तरुण दल दाङका अध्यक्ष टीका घर्ती लगायतले सम्बोधन गरेका थिए ।


















