२०८३ बैशाख १२ गते शनिवार

नेकपाको टोल कमिटी गठन कार्य तिब्र

तुलसीपुर,३० भदौ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर ८ नम्बर वडा कमिटीले टोल कमिटी गठन प्रकृयालाई तिब्र बनाएको छ । पार्टीले सृजना र दिपज्योति टोललाई मिलाएर संयुक्त टोल कमिटी गठन गरेको छ । जसको अध्यक्षमा रामबहाुदर विक र सचिवमा विष्णु वली चयन भएका छन् ।
त्यसैगरी अन्नपुर्ण र चाहनाको सयुक्त टोल कमिटीको अध्यक्षमा लिलाधर भण्डारी र सचिवमा युवराज खड्कालाई चयन गरिएको छ ।

त्यस्तै मितेरी र एकताको संयुक्त टोल कमिटीको अध्यक्षमा घनश्याम भण्डारी ‘ए’ र सचिवमा घनश्याम भण्डारी‘बि’ लाई चयन गरिएको छ । वडा कमिटी अध्यक्ष वीरबहादुर वलीको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर सदस्य द्धोय धर्मराज वली, कुशुम भण्डारी, वडा सदस्य आशा बस्नेत, टेकबहादुर बोहरा, ताराबहादुर बस्नेत लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण ८ नम्बर वडाकमिटी सचिव टोपबहादुर रोकाले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया