२०८३ बैशाख १२ गते शनिवार

विप्लवका जिल्ला इन्चार्ज नेकपामा प्रवेश

ललितपुर,२३ भदाै

नेत्रविक्रम चन्द विप्लव समुहका जिल्ला इन्चार्ज नेपाल कम्युनष्टि पार्टी नेकपामा प्रवेश गरेका छन् । विप्लव समूह परित्याग गरी रामेछापका इन्चार्ज यादव ढुंगेल ‘जमिन’ र र सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका हुन् ।

सोमबार साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विप्लव समुहका काभे्र जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी पनि नेकपा प्रवेश गरेका थिए ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेकपा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको बताए ।

 

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार
प्रतिक्रिया