२०८३ बैशाख १२ गते शनिवार

विप्लव मेरो साथी हो : पूर्व गृहमन्त्री शर्मा

हापुरे, २० भदौ 
पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले नेत्र विक्रम चन्द ‘विप्लव’ आफनो साथी भएको बताएका छन् । प्रेस संगठन नेपाल दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा विप्लव हिजो पनि साथी भएको र आज पनि आफनो साथी भएको बताउदै उनका गतिविधीलाई नेपाली जनताले जसरी हेरेका छन त्यसैगरी हेरेको बताए ।

‘विप्लव जी सिधै काठमान्डौ आउनुस समाजवादको कार्यक्रम लागु गर्न, समाजवादी क्रान्तीलाई अघि बढाउन, भ्रष्टाचारका विरुद्ध लड्न र जनताको पक्षमा बोल्न छफल गरौ सबै कुरा समाधान हुन्छ ।’ शर्माले भने । संविधानले दिएका अधिकारलाई कार्यान्वय गर्न सबै मिल्नुको विकल्प नभएको उनले बताए । पत्रकार भेटघाट कार्यक्रम प्रेस संगठन नेपाल दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको थियो भने सहजीकरण पाण्डव शर्माले गरेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति : २०७६ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया