तुलसीपुर, १५ भदौ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता शोभाराम बस्नेतले पार्टीले टिकट दिएमा पश्चिम दाङमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । ५३ बर्षसम्मको आफनो उर्जावान समय पार्टी राजनीतिमा खर्चेको बताउने नेता बस्नेतले पार्टीले उमेद्वारको रुपमा अघि सारेमा आफुमाथिको न्याय हुने र त्यसले तमाम नेता कार्यकर्तामा आशा र भरोषा जगाउने बताउनुभयो ।
प्रदेश सांसद उत्तरकुमार वलीको फागुन १० गते सवारी दुर्घटनामपरी निधन भएपछि निर्वाचन क्षेत्र नं. ३(ख) अहिले रिक्त छ । जसका लागि सरकारले उपनिर्वाचनका लागि आगामी मंसीर १४ गतेको मिति तय गरेको छ ।
सरकारले उपनिर्वाचनको घोषणा गरेसंगै पार्टीभित्र उपयुक्त उमेद्वार कसलाई बनाउने भन्ने विषयले प्रवेश पाएको छ । पार्टीले गरेको निर्णय विरुद्ध आफु नजाने भन्दै उमेर पनि ढल्कीसकेकाले आफनो अन्तिम न्यायोचित इच्छालाई पार्टीले मर्न नदिने आशा व्यक्त गरे ।
५ दशक लामाे राजनीतिक जीवन यात्रामा बस्नेत अवसरबाट बन्चित भएका नेताका रूपमा चिनिन्छन् ।दाङको हकमा बस्नेतको उमेरका कुनैपनि व्यक्ति सक्रिय राजनीतिमा लागेको पाइदैन ।


















