२०८३ बैशाख १२ गते शनिवार

पश्चिम दाङमा चुनाव उठ्दैन : कांग्रेस नेता भण्डारी

तुलसीपुर, ३१ साउन  । नेपाली कांग्रेसका नेता तथा सभासद वुद्धिराम भण्डरीले उपनिर्वाचनमा भाग नलिने जनाएका छन् । दाङ क्षेत्र नं ३ (ख) मा रिक्त रहेको प्रदेशसभा सदस्य पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीबाट टिकट पाउने नेता मध्य उनको नाम अग्रपंक्तिमा रहेका बेला भण्डारीको यस्तो भनाई बाहिर आएको हो ।

२०७४ सालमा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा ४ हजार मतको अन्तरले पराजित भण्डारीको निर्वाचनमा जाने इच्छा नभएपनि पार्टीले करबल गरेर उठाएको थियो । कतिपय कांग्रेस नेताहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई कडा प्रतिस्पर्धाका रुपमा टक्कर दिने नेताका रुपमा अर्थयाइरहेका बेला भण्डारीले यो पटक चुनावमा जाने आफनो कुनै इच्छा नभएको बताएपछि काग्रेसमा संकट पैदा हुने भएको छ ।

‘ न्युनतम पनि ५० लाख रुपैयाँ नभए चुनावमा नगएपनि भयो,’ एक काँग्रेस नेताले भने जित्ने सम्भावना कम छ ।अनि घरखेत कस्लाई डूबाउने रहर छ र ?’  कांग्रेसका नेताहरुका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) का अन्य नेता भन्द बिमल वलीसंग चुनाव लड्न चूनौति देखिएको छ । प्रदेशसभा सदस्य उतरकुमार वलीको गएको फागनु १० गते निधन भएपछि त्यस क्षेत्र रिक्त रहेको छ ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया