यस्तै थारमारे, फारुलाचौर सडकखण्डको रातामाटा फारुलाचौर खण्डमा पर्ने एक किलोमिटर सडक पनि खोलामै छ । खोला ठुलो हुने भएकोले वर्षायाममा त गाडिहरु चल्नै सक्दैनन् फारुलाका स्थानिय रमेश चन्दले भने खोलाकै कारणले हामीहरु नियमित रुपमा गाडि चढ्न पाउदैनौँ । खोलामा सडक हुँदा वर्षेनी खोलामा आउने वाढिले स्वरुप नै उथलपुथल पारिदिने र सडक मर्मतको नामा वर्षेनी लाखौँको रकम खर्च हुने स्थानियले गुनासो गरेका छन् । हिउद र गर्मि याममा खोला सडकमा परिणत हुन्छ अनि वर्षायाममा सडक खोलामा परिणत हुन्छ स्थानिय खेरम प्रकाश मल्लले व्यंग्यात्मक शैलीमा भने अहिले सम्म यस्तो समस्या समाधानको लागी कसैले पहल गरेको छैन ।
पहिलोपटक सो सडक खण्डमा यात्रा गर्नेहरु त सडक खोई भने स्थानियलाई सोध्ने गर्छन उनले भने के गर्नु यहि हो सडक भनेर खोलालाई सिकाउछौँ न त पुल छ न त सडक छ । स्थानियवासिहरुले खोलामा सडक र पुल नहुँदा आफुहरुले उत्पादन गरेका बस्तुहरु समेत निर्यात गर्न र वर्षा याममा दैनिक उयपभोग्यका समान खरिद गर्न समेत समस्या हुने गरेको गुनासो गरेका छन् ।
प्रकाशित मिति : २०७३ चैत्र २८ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।