तुलसीपुर, ३० फागुन
गृहमन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई जहाँ देख्यो त्यही पक्राउ गर्ने, होल्ड गर्ने र सार्वजनिक मुद्दा चलाउने निर्देशन दिएको प्रहरी स्रोतले बताएको छ । बम विष्पोट गराएर भौतिक पूर्वारको ध्वस्त गर्ने, आगजनी, चन्दा असुली जस्ता गैरजानीतिक र अमानविय कृयापलाप गरेको गरेको भन्दै मन्त्री परिषदले कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाउने निर्णय गरे थियो ।
‘ विप्लवका कार्यकतालाई जहाँ देख्यो त्यही पक्राउ गर्नु । मोबाइल ट्रयाकीङ गरेर खोज्नु । होल्ड गर्नु र मुद्दा चलाउनु भनेर माथिबाट कडा निर्देशन आएको छ ,’ एक सुरक्षा अधिकारीले नाम नबताउने सर्तमा भने– ‘ माथिबाट आएको निर्देशनलाई पालन त गर्नु नै प¥यो नि ।’ गृहमन्त्रालयको निर्देशन पछि प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकताको खोजीकार्यलाई तिब्रता दिएको छ ।
प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार


















