जिल्ला प्रशासन कार्यालय अगाडी पुगेको आन्दोलनलाई बिचमा भने पुलीसले रोक्न खोजेको थियो । प्रशासन अगाडी पुगेकोे अन्दोलनलाई समंबन्धीत निकायले सम्बोधन वा सुनाइ नगरेर आन्दोलनकर्ता मध्यका ५ जनालाई प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार गोप्पे कोठामा लगेर छलफल गरिएको थियो । विभिन्न संचार माध्याम बाट गएका पत्रकारहरुलाई पनि छलफल कोठा भित्र जान रोक लगाएको थियो । पत्रकारहरुले अहिले सम्मा नतिजा किन प्रकाशन भएन भित्र के कुरा हुदै छ । हामी पनि जान्छौ भन्दा । जान दिने मन हाम्रो पनि थियो तर के गर्नु माथिबाट भित्र प्रवेश गर्न नदिने आदेश आएको छ भनेर प्रहरीले जान मिल्दैन भनेका थिए । छलफल सकिए पछि भित्र गएका ५ जना युवाहरुलाई घर पठाएको थियो भने प्रशासनले संचारकर्मीहरुलाई केहि कुराको जानकारी पनि दिएको छैन् ।।
प्रकाशित मिति : २०७३ चैत्र २२ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।