काठमाडौं,७ मंसिर । १० दिनदेखि लगातार घटिरहेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतवार सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको थियो । गएको कात्तिक २७ गतेदेखि सुनचाँदीको भाउ घट्दै आएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ६५ रुपैयाँ थियो ।
प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।