एजेन्सी,७ मंसिर । दक्षिण कोरियामा परीक्षार्थीले एआई प्रयोग गरेर चिट चोरेको घटना सार्वजनिक भएपछि शिक्षामन्त्री चोई क्यो–जिनले राजीनामा दिनुभएको छ। राष्ट्रिय कर लेखा परीक्षकको परीक्षामा उत्कृष्ट अङ्क ल्याएका परीक्षार्थीले सानो क्यामेरामार्फत प्रश्नपत्र खिचेर एआईबाट उत्तर लिई चिट चोरेको खुलेपछि मन्त्रीले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको हो।
अनुसन्धानका क्रममा ती परीक्षार्थीले परीक्षाका दुवै चरणमा यस्तो तरिका अपनाएको स्वीकार गरेका छन्। घटनापछि दक्षिण कोरियाको परीक्षा प्रणाली र सुरक्षा व्यवस्थामाथि व्यापक प्रश्न उठेको थियो। त्यसपछि मन्त्रीले राजीनामा दिनुभएको हो। राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै राष्ट्रिय परीक्षा प्रणाली र कानुनी व्यवस्थाको तत्काल पुनरावलोकन गर्न निर्देशन दिनुभएको छ।
प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।