२०८३ मङ्सिर ७ गते सोमवार

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

फोटो फाईल

काठमाडौ, ७ मंसीर । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । भेटमा नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल (कनेक्टिभिटी), डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएको १० बुँदे दृष्टिपत्र संयुक्त विज्ञप्तिसँगै सार्वजनिक गर्ने तयारी छ । नेपालले उठाउँदै आएको हवाई प्रवेश विन्दु अर्थात एयर रुटको विषयमा भने छलफल हुने–नहुने निश्चित भैसकेको छैन । दुई देशका प्रधानमन्त्रीको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन र मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र ९एमओयू० समेत आदान–प्रदान गर्ने तयारी छ । सडक, रेल, हवाई कनेक्टिभिटी, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँच चौकी, सूचना प्रविधि, स्टार्टअप, जलविद्युत् तथा ऊर्जा, स्वास्थ्य, शिक्षा, सुशासन र विकास सहायताका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता हुनेछन् ।

दुई देशका प्रधानमन्त्रीले आज जनकपुर–अयोध्या रेल सेवा, भैरहवा–सुनौली एकीकृत जाँच चौकी, दार्चुलामा महाकाली पुल र काभ्रेमा निर्मित नेपाल प्रहरी एकेडेमीको संयुक्त रुपमा उदघाटन गर्ने तयारी छ । यसैगरी दोधारा चाँदनी एकीकृत जाँच चौकी, अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन परियोजना र सिलिगुडी–चारआली परियोजनाको भर्चुअल शिलान्यास हुनेछ । प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मोदीले नेपाली प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्ने तयारी छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।