२०८३ कार्तिक ४ गते मङ्गलवार

झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ स्थित जनता चोकमा जंगली हात्तीको आक्रमणबाट दुई जना स्थानीयको ज्यान गएको छ। सोमबार बिहान मर्निङ वाकमा निस्किएका ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ। त्यस्तै, घाइते राजवंशीलाई सुरुमा बिर्तामोडको स्पाइनेक्स अस्पताल लगिएको थियो।

त्यहाँबाट बीएण्डसी अस्पताल पु¥याइएका उनको आईसीयूमा उपचारकै क्रममा बिहान १०ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बिहानैको पैदल यात्रामा निस्किएका दुई स्थानीयको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएपछि उक्त क्षेत्रमा त्रास फैलिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।