२०८३ कार्तिक ३ गते सोमवार

लामखुट्टे धपाउन बालिएको आगोले पाँच गोठ जले

कपिलवस्तु, कात्तिक १ । लामखुट्टे धपाउन गोठमा बालिएको आगो सल्किँदा कपिलवस्तुको विजयनगर गाउँपालिकामा पाँचवटा गोठ जलेर नष्ट भएका छन्। आगलागीमा एक भैँसीको पाडा मर्नुका साथै पाँचवटा पशुचौपाया घाइते भएका छन्।

शुक्रबार राति विजयनगर–१ नौरङ्गिया र वडा नम्बर ४ देउपुरामा छुट्टाछुट्टै आगलागी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नौरङ्गियामा सहिम मुसलमानसहित चार जनाका गोठमा आगलागी हुँदा तीनवटा गोठ पूर्ण रूपमा जलेका छन्।

देउपुरामा जहुर हसेत मुसलमानको गोठ जलेर नष्ट भएको छ। त्यहाँ दुईवटा बाख्रा घाइते भएका छन् भने एउटा कुखुरा जलेर मरेको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा दुवै स्थानको आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।