२०८३ कार्तिक ३ गते सोमवार

तुलसीपुरका ३९ वटा विद्यालयको मर्मत सम्भारका लागी झन्डै दुई करोड बजेट बाँडफाड

फोटो फाईल

तुलसीपुर, ३१ असोज । तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि विद्यालय पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागी छुट्याएको १ करोड ७५ लाख रुपैयाँ बजेट बाँडफाड गरेको छ। उपमहानगरपालिकाले विभिन्न विद्यालयबाट प्राप्त मागका आधारमा विद्यालयहरूको पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि बजेट विनियोजन गरेको नगर प्रमुख टिकाराम खड्काले जानकारी दिनुभयो ।

विनियोजित बजेटबाट तुलसीपुरका ३९ वटा सामुदायिक विद्यालयका विभिन्न शिर्षकमा भौतिक संरचना निर्माण, मर्मतसम्भारका लागी बजेट विनियोजन गरिएको छ । तुलसीपुरका प्रावि, आवि र मावि गरी ८३ वटा सामुदायिक विद्यालय मध्ये ती विद्यालयहरुको छनोट गरी बजेट विनियोजन गरिएको हो । जसमा भौतिक पुर्वाधार तर्फ विभिन्न शिर्षकमा प्रति विद्यालय न्युनतम एक लाख पचास हजार देखी अधिकतम २७ लाख पचास हजार सम्मको बजेट विनियोजन गरिएको नगर प्रमुख खड्काले जानकारी दिनुभयो । सवैभन्दा धेरै मावि तुलसीपुर सेन्टरको आठ कोठे भवन सम्पन्न गर्नका लागी २७ लाख ५० पचास हजार बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।