तुलसीपुर, २८ असोज । नेपाली कांग्रेसको देउवा पक्षबाट दाङको तुलसीपुरका युवा व्यवसायी रामचन्द्र केसी महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट केसी महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको हो ।
लामो समयदेखि तुलसीपुरमा व्यवसाय गर्दै आउनु भएका केसी व्यावसायिक क्षेत्रसँगै नेपाली कांग्रेसको राजनीतिमा समेत जोडिनु भएको छ । तुलसीपुरको पुलचोकमा हाल मिल व्यवसाय सञ्चालन गर्दै आउनु भएका केसीले विगतमा आईएमई व्यवसायसमेत सञ्चालन गर्नुभएको थियो ।
विभिन्न व्यवसायमा संलग्न रहँदै आउनु भएका उहाँ तुलसीपुरका परिचित र सरलस्वभावका युवा व्यवसायीका रूपमा रहनुभएको छ । महाधिवेशन प्रतिनिधिमा चयन भएसँगै केसीले अब पार्टीको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागिता जनाउनुहुनेछ ।
प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार










टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।