तुलसीपुर, २६ असोज । दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा.१ ख २५११ नम्बरको टिपरले आइतबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार







टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।