काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनबाट गगन सभापतिमा निर्वाचित भएका हुन् । उनले ६ हजार ५८४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । ५४ मत बदर भएको छ ।
जम्मा सात हजार १३ मत खसेको थियो । सभापति गगनले कुल खसेको मतको ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको थियो । शुक्रबार बिहान साढे ८ बजेबाट सुरु भएको मतदान राति १० बजे सकिएको थियो । मतदान सकिएलगत्तै मतगणा सुरु भएको थियो ।
कुल सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका जानकारी दिइएको छ । महाधिवेशनमा कुल मतदाता ७ हजार ३१७ थिए ।
कुल मतदाताको ९६.२० प्रतिशत मत खसेको छ । कुल मतदातामध्ये २७८ जनाले मतदान गरेका थिएनन् । सभापति पदको मतगणना सकिएसँगै अब अरु पदको मतगणना सुरु हुनेछ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।