भालुवाङ १६ असोज । दाङको भालुवाङ चन्द्रौटा सडक खण्डको शिवराज नगरपालिका १ चोरखोलामा बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार बिहान ६ः १० बजेको समयमा भएको दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको ना ६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशा तर्फ आँउदै गरेको लु २ ख २४७१ टिप्परलाई ओभरट्याग गर्ने क्रममा काठमाण्डौ देखि बर्दिया तर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस संग ट्रक ठक्कर खाँदा बस चालक बाँकेको खजुरा गाउँपालिका ५ बस्ने बर्ष ३४ को सुमन खत्रीको घटना स्थलमा मृत्यु भएको भएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरूमा सल्यान जिल्ला शारदा नगरपालिका- १५ बस्ने बर्ष ३५ कि पार्वती बोहोरा, बाँके जिल्ला नेपालगंज २ बस्ने बर्ष १४ को सुसान्त श्रेष्ठ, दाङ जिल्ला राप्ती गा.पा- ३ बस्ने बर्ष ३४ को रिसमान थारु, बाँके जिल्ला गुलरिया गा.पा. ६ बस्ने बर्ष २१ को बिष्णु थारु, मुगु जिल्ला छायानाथ रारा न.पा.१२ बस्ने बर्ष १७ को अरुण बुढाथोकी रहेका प्रहरीले जानकारी दिएको छ । त्यस्तै बाँके जिल्ला राप्ती सोनारी ६ बस्ने बर्ष १९ को सागर थारु, सोहि ठाउँ बस्ने ८ बस्ने बर्ष ३० कि तिलकुमारी खत्री, दाङ जिल्ला तुलसीपुर ९ बलुवा बस्ने बर्ष २१ कि सम्झना चुदारा, जाजरकोट जिल्ला छेडागार्ड ११ बस्ने बर्ष ४१ को दिपेन्द्र गिरी, बाँके जिल्ला खजुरा २ बस्ने बर्ष ४० को कृष्ण बहादुर भण्डारी र बाँके जिल्ला कोहलपुर ११ बस्ने बर्ष ४५ को गगन चुनारा रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । ट्रक चालक मोरङ कानीपोखरी गाउँपालिका २ बस्ने बर्ष २४ को रुपेश धिमाल र आर्का चालक कपिलवस्तु बुद्धभुमी नगरपालिका ९ बस्ने बर्ष ३१ को संजय कुमार चौधरी प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।