तुलसीपुर, १५ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा सञ्चालित युनाइटेड एकेडेमीले बाढी पीडितको राहतका लागि ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु ४६,४४५ (छयालीस हजार चार सय पैंतालीस रुपैयाँ) सहयोग हस्तान्तरण गरेको छ। देशमा आएको प्राकृतिक महाविपत्ति र संकटको घडीमा सम्पूर्ण नेपालीको साझा साथ र सहयोग हुनुपर्ने भावनाका साथ उक्त रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
बाढी तथा पहिरो पीडित नागरिकहरूको उद्धार र राहतका लागि विद्यालय, शिक्षक–शिक्षिका, कर्मचारी तथा साना बालबालिकाहरूले आफ्नो खाजा खर्चबाट समेत स्वेच्छिक रूपमा रकम संकलन गरी योगदान गरेको विद्यालयका प्रिन्सिपल केशवराज भट्टराईले जानकारी दिनुभयो।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।