दाङ । नेपाली कांग्रेसको वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आज र भोलि दाङसहित देशभर वडा तहको अधिवेशन हुन लागेको हो। दाङका अधिकांश वडामा भने वडा अधिवेशन भोलि सम्पन्न हुने वडा सभापतिहरूले जानकारी दिएका छन्।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ। त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि दाङका ३६ वटै वडामा निर्वाचन अधिकृत खटाइएको जिल्ला सभापति शंकर डाँगीले जानकारी दिनुभयो। जिल्ला सभापति डाँगीका अनुसार दाङमा कांग्रेसका क्रियाशील सदस्यको संख्या २४ हजार ८ सय ५१ रहेको छ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।