झापा,१ असोज । झापा गाउँपालिका–०३ कामाटोलीमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको BR 37 Q 3949 नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको किशनगञ्ज निवासी २८ वर्षीय सुल्तान अलीको मृत्यु भएको छ ।बिहान अन्दाजी १०:३० बजे भएको उक्त दुर्घटनामा अलीको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटना लगत्तै उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।