२०८३ भाद्र २७ गते शनिवार

सल्यान जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

दाङ, २७, भदौ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन पुगेको छ । अरु तीन जना घाइते भएका छन् ।

शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङका लाग छुटेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । रेशम र विपनाको सल्यानमै मृत्‍यु भएको हो भने डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।