२०८३ भाद्र १६ गते मङ्गलवार

रुकुम पश्चिममा ओढारबाट तीन थान भरुवा बन्दुक बरामद

फोटो फाईल
दाङ,१६ भदौ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ स्थित रातोपहरा सामुदायिक वनको ओढारबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी सिम्रुतुबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा ओढारमा लुकाइराखिएको अवस्थामा ती भरुवा बन्दुक फेला पारी बरामद गरेको हो। बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएको भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान तथा छानबिन गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।