तुलसीपुर, ६ भदौ । किवानिस क्लब अफ डाइनामिक तुलसीपुरको आयोजनामा ग्रामीण तथा दुर्गम क्षेत्रका एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। क्लबको आयोजना तथा सुशील फेन्सी स्टोर तुलसीपुर–५ र सप्तरङगी इङ्लिस मिडियम स्कुल -सक्सेस एकेडेमी), तुलसीपुर–५ को प्रायोजनमा दीपज्योति आधारभूत विद्यालय तुलसीपुर ४ घोरनेटीमा अध्ययनरत ५७ जना विद्यार्थीलाई ब्याग तथा स्टेशनरी सामग्री वितरण गरिएको हो। ग्रामिण क्षेत्रको उक्त विद्यालयमा अध्ययनरत करिब डेढ सय जना विद्यार्थी मध्ये दलित ,जनजाती,विपन्न र जेहेन्दारको आधारमा छनोट गरी आज शनिवार एक कार्यक्रमका बिच विद्यार्थीलाई व्याग र स्टेशनरी वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष ललित जंग शाहले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीको अभाव हुन नदिन सहयोग गरिएको बताउनु भयो । विद्यालय भौगोलिक हिसाबले ग्रामीण, दुर्गम तथा पछाडि परेको क्षेत्रमा रहेका यस्ता विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्न सवैको ध्यान पुग्नुपर्नेमा उहाले जोड दिनुभयो । सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष तथा सन् २०२६/२७ का निर्वाचित अध्यक्ष टोपबहादुर घर्तीले विद्यार्थीहरुको उज्वल भविस्यका लागी टेवा पुगोस भन्ने उद्दश्यले आफुहरुले सहयोग गरेको बताउनुभयो ।
उहाले आफुहरुको सानो सहयोगले बालबालिकाहरुको शिक्षा प्राप्तको लागी प्रेरणा र हौसला मिल्ने बताउनुभयो ।क्लवले विगत देखी नै सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउदै उहाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको उहाले बताउनु भयो ।सो अवसरमा पत्रकार दिपक बोहरा र सप्तरङगी इङ्लिस मिडियम स्कुल (सक्सेस एकेडेमी)का प्रिन्सिपल प्रदिप वलीले यस्ता खाले सहयोग कार्यक्रमले विद्यार्थीलाई पढाई प्रति अझ रुचि बढ्ने बताउनुभयो । विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउनका लागी आयोजक र प्रायोजक संग पुर्व वडा अध्यक्ष बालकृष्ण राना (धुव्र) र तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले सम्पर्क र समन्वयको भुमिका खेल्नु भएको थियो ।
सो विद्यालयका प्राधानाध्यापक मान बहादुर वलीले शैक्षिक सामग्री सहयोग गरेकोमा आयोजक र प्रायोजक टिम प्रति आभार प्रकट गर्नुभएको छ । विद्यालयमा अधिकांस किसान,मजदुर तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययनरत रहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभएको छ । साथै कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई रोल्पाली किराना स्टोरले चकलेट तथा बिस्कुट समेत उपलब्ध गराएको थियो। कार्यक्रमको सहजीकरण क्लवका सचिव जयन्त उपाध्यायले गर्नुभएको थियो ।





