२०८३ साउन ३० गते शनिवार

महाधिवेशनको नाममा पाटीलाई कमजोर बनाउने काम भयो : देउवा

फोटो फाईल

काठमाण्डौ, २९ साउन । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखी सुरु भएको छ । ईतरसमूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेलाको आयोजना गरेको छ । तिन दिन सम्म चल्ने भेलालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीभित्र अहिले चरम विवाद बढेको बताउदै उहाले विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धति मिच्ने काम भएको बताउनुभयो । यो विषय सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेको समेत उहाले बताउनुभयो । तर आफुहरुले अदालतबाट न्याय पाउनेमा विश्वस्त रहेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया