२०८३ साउन ३० गते शनिवार

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लुङ्ग्री गाउँपालिका–१ खदर बस्ने ५९ वर्षीय वीरबहादुर खत्री रहेको प्रहरीले बताएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा हिजो राति चट्याङ लागेर गम्भीर घाइते भएका खत्रीको स्थानीय स्वास्थ्य चौकी पाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया