फोटो फाईल
काठमाण्डौ, २१ असार । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ । महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस अघि कांग्रेसले नयाँ सदस्यता असार २० सम्म तोकेको थियो । कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
अध्यावधिक हकमा भने केन्द्रीय कार्यालयमा आउनु पर्ने सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलको भनाइ छ । कांग्रेसको १५औं महाधिवेशन आगामी असोजमा हुने भनिएको छ। त्यसअघि कांग्रेसले सदस्यता वितरण तथा अध्यावधिकको काम गरिरहेको छ ।
प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार






