काठमाडौँ,१७ असार । १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण मागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले तथ्याङ्कमा प्राविधिक त्रुटि भएको प्रतिक्रिया दिएको छ। रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको उल्लेख थियो।
बालबालिकालाई पार्टी सदस्य बनाउनु प्रचलित कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले गत रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गरी स्पष्टीकरण माग गरेको थियो। रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै प्राविधिक त्रुटी भएको उल्लेख गर्नुभएको छ ।
यस्तो छ विज्ञप्ती….


प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार






