२०८३ असार १३ गते शनिवार

सवारी दुर्घटनामा परी उपप्रमुखको मृत्यु

प्युठान, १३ असार । जिप दुर्घटना हुँदा प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उमप्रमुख मीनराज राना मगरको मृत्यु भएको छ । स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका वडा नं २ बाङ्गेसल्लामा दुर्घटना हुँदा ५० वर्षीय राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शनिबार साँझ पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा मगर एक्लै सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उहा नगरपालिकाको योजना अनुगमन गर्न जानु भएको थियो । दुर्घटनामा पुर्न अघि नगरपालिलाका कर्मचारी सँगै अनुगमनमा निस्किएका उहा कर्मचारीलाई छाडेर पुनः अर्को योजना अनुगमन गरी घर जाने गरी एक्लै गाडीमा सवार रहेको स्वर्गद्वारी नगरपालिकाका वडाध्यक्ष गिरबहादुर गुरुङले बताउनुभयो ।गुरुङका अनुसार उहाको गाडीले च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । जंगलमा पशुचौपाया चराउन आएका गोठालाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।मृतक रानामगर राष्ट्रिय जनमोर्चाबाट उपप्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार
प्रतिक्रिया